हेटौंडामा जमिन भासिँदा हराएको गाडीका पाटपुर्जा फेला

जेष्ठ ७, २०८२

प्रताप विष्ट

Parts of the car lost in Hetaunda landslides were found

हेटौंडा — हेटौंडामा जमिन भासिँदा हराएको गाडी खोज्ने क्रममा पिकअप भ्यान पाटपुर्जा फेला परेका छन् । एक्स्काभेटरले गाडीका पाटपुर्जाहरु बाहिर निकालेको थियो । गाडीका च्यासिसलगायत अरू भाग निकाल्न सकिएको छैन  ।

हेटौंडा उपमहानगरपालिका—१६ का वडाअध्यक्ष रामकृष्ण कोइरालाको सक्रियतामा हराएको गाडीको खोजी गर्दा केही पाटपुर्जा भेटिएका हुन् । 

गत वैशाख १९ गते हेटौंडा उपमहानगरपालिका–१६ स्थित गैरीगाउँमा जमिन भासिँदा हराएको गाडी खोज्न मंगलबार एक्स्काभेटर प्रयोग गरिएको थियो । ‘गाडी नै हराएको छैन भन्ने प्रचार हुन थालेपछि भूगर्भशास्त्रीहरुको सुझाव अनुसार एक्स्काभेटर प्रयोग गरेर गाडी निकाल्न खोजिएको हो,’ वडाध्यक्ष कोइरालाले भने, ‘गाडीको च्यासिस झिक्न नसकेपनि गाडी हराएको पुनः पुष्टि गर्नुपर्ने थियो, त्यो काम भयो ।’ 

Parts of the car lost in Hetaunda landslides were found

गैरीगाउँ माछापालन क्षेत्रमा माछा बोक्ने ना ४ च ४८३३ नम्बरको पिकअप अनलोड गर्ने क्रममा जमिन भासिँदा पुरिएको थियो । लगातार ३ दिनसम्म खोजी गर्दा गाडी नभेटिएपछि हेटौंडा उपमहानगरपालिकाको समन्वयमा गत वैशाख २३ गते भूगर्भशास्त्रीहरुलाई झिकाएर अध्ययन अनुसन्धान गरिएको थियो । 

Parts of the car lost in Hetaunda landslides were found

खानी तथा भूगर्भ विभागका विज्ञमार्फत अध्ययन गर्दा बोरिङका कारण जमिन भासिएर गाडी हराएको निष्कर्ष निकालेका थिए । उक्त निष्कर्ष अनुसार विभागबाट पुनः जेठ २ गते भूगर्भशास्त्रीको टोली खटिएर अनुसन्धान गरी माटो परीक्षणका लागि नमुना संकलन गरिएको थियो ।

Parts of the car lost in Hetaunda landslides were found

माटो परीक्षणको रिपोर्ट र भूगर्भशास्त्रीहरुका सुझाव अनुसार सतर्कता अपनाइ गाडी भासिएको स्थानमा एक्स्काभेटर प्रयोग गरेर गाडी खोज्ने कार्य गरिएको हो । 

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully