कान्तिलोकपथ एकतर्फी सञ्चालन

जेष्ठ ५, २०८२

प्रताप विष्ट

Kantilokpath one-way operation

हेटौंडा — वर्षाले बाग्मती खोलाको डाइभर्सन बगाएर अवरुद्ध बनेको कान्तिलोकपथ एकतर्फी सञ्चालनमा आएको छ ।

आइतबार राति परेको पानीले बाग्मती खोलामा आएको बाढीले डाइभर्सनको ह्युमपाईपहरु बगाएर कान्तिलोकपथ पूर्ण रुपमा बन्द थियो । 

कान्तिलोकपथ सडकखण्डको बगुवास्थितमा निमार्णाधीन पुलबाट साना सवारी साधन (कार, जिप, स्कर्पियो र मोटरसाइकल) लाई एकतर्फी आउजाउ गर्ने व्यवस्था मिलाएको जिल्ला प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

ठूला सवारी साधनलाई बाग्मती खोलामा डाइभर्सन नबनाएसम्म आवत जावतमा रोक लगाएको  छ । मकवानपुरको भिमफेदी–८ र बाग्मती गाउँपालिका–२ को बाग्मती खोलामा पुल मर्मत सम्भार गरिरहेकाले डाइभर्सनबाट सवारी साधनहरु आउजाउ गरिरहेका थिए ।

यसअघि पनि बैशाख २१ गते डाइभर्सन बगाएर कान्तिलोकपथ अवरुद्ध भएको थियो ।

प्रताप विष्ट विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully