कान्ति लोकपथ एकतर्फी सञ्चालन

जेष्ठ ५, २०८२

प्रताप विष्ट

Kanti Lokpath One way operation

हेटौंडा — वर्षाले बागमती खोलाको डाइभर्सन बगाएर अवरुद्ध बनेको कान्ति लोकपथ एकतर्फी सञ्चालनमा आएको छ । 

आइतबार राति परेको पानीले बागमती खोलामा आएको बाढीले डाइभर्सनको ह्युमपाइपहरु बगाएर कान्ति लोकपथ पूर्णरूपमा बन्द थियो । कान्ति लोकपथ सडक खण्डको बगुवास्थितमा निमार्णाधीन पुलबाट साना सवारी साधन (कार, जिप र मोटरसाइकल) लाई एकतर्फी आउजाउ गर्ने व्यवस्था मिलाएको जिल्ला प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।  

ठूला सवारी साधनलाई बागमती खोलामा डाइभर्सन नबनाएसम्म आवतजावतमा रोक लगाएको छ । मकवानपुरको भिमफेदी–८ र बागमती गाउँपालिका–२ को बागमती खोलामा पुल मर्मतसम्भार गरिरहेकाले डाइभर्सनबाट सवारी साधनहरु आउजाउ गरिरहेका थिए । यसअघि पनि वैशाख २१ गते डाइभर्सन बगाएर कान्ति लोकपथ अवरुद्ध भएको थियो । 

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully