बागमती खोलाको डाइभर्सन बगेपछि कान्ति लोकपथ अवरुद्ध

जेष्ठ ५, २०८२

प्रताप विष्ट

Kanti Lokpath blocked after diversion of Bagmati River overflows

हेटौंडा — वर्षाले बागमती खोला बनाएको डाइभर्सन बगाएका कारणले कान्ति लोकपथ सोमबार बिहानदेखि अवरुद्ध भएको छ । आइतबार राति परेको पानीले कान्ति लोकपथस्थित बागमती खोलामा ह्युमपाइप राखेर बनाएको डाइभर्सन बगाएकाले कान्ति लोकपथको अवरुद्ध भएको हो । 

मकवानपुरको भीमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ को बीचमा पर्ने बागमती खोलामा निर्माण गरिएको पुलको दायाँबायाँको भागको गत असोजमा आएको बाढीले बगाएकाले पुलको मर्मत कार्य गर्नका लागि बागमती खोलामा १० वटा ह्युमपाइप हालेर सवारी साधनहरू आवतजावत गर्न डाइभर्सन बनाएको थियो ।

राति आएको बाढीले उक्त डाइभर्सनमा राखिएका सबै ह्युमपाइप बगाएकाले सवारी साधनहरू आउजाउ गर्न ठप्प भएको इलाका प्रहरी कार्यालय ठिगनका प्रहरी निरीक्षक विद्यासागर मेहताले बताए । 'कान्ति लोकपथ चालु गर्नका लागि ह्युमपाइप राख्ने काम भइरहेको छ,' उनले भने । 

प्रताप विष्ट विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully