हावाहुरीले स्कुल र घरको छाना उडायो

जेष्ठ ३, २०८२

प्रताप विष्ट

The wind blew off the roofs of schools and houses

हेटौंडा — पानीसँगै आएको हावाहुरीले मकवानपुरको दुर्गम राक्सिराङ गाउँपालिको एक विद्यालय र एक घरको जस्तापाताको छाना उडाएको छ ।

राक्सिराङ गाउँपालिका–९ तेन्सुराङस्थित तेन्सुराङ प्राथमिक विद्यालयको दुई कोठे भवनको जस्तापाताको छाना शुक्रबार बेलुका पानीसँगै आएको हावाहुरीले उडाएको ईलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ ।

जस्तापातासँगै छानामा ठोकिएका काठका भाटाहरुसमेत हावाहुरीले उडाएको छ । यसैगरी राक्सिराङ गाउँपालिका–५ चैनपुरस्थित विमला बलको घरमा छाएको जस्तापाताको छाना हावाहुरीले उडाएको छ ।

शुक्रबार बेलुका मकवानपुरको विभिन्न क्षेत्रमा पानीसँगै आएको हावाहुरीले रुखहरु ढालेको थियो । 

प्रताप विष्ट विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully