बनेपामा विद्युत्‌को तार सर्ट हुँदा घरमा आगलागी, १२ लाख बराबरको क्षति

जेष्ठ १, २०८२

ज्योती श्रेष्ठ

A house caught fire due to a short circuit in Banepa, damage worth 12 lakhs

काभ्रे — काभ्रेको बनेपा नगरपालिका– ४ स्थित आगलको एक घरमा आगलागी भएको छ । 

बिहीबार बिहान करिब १:२० बजेको समयमा काभ्रेको बनेपा नगरपालिका वडा नं ४ स्थित आगल बस्ने रामेश्वर दाहालको इट्टाको वाल भएको, जस्ताको छानो भएको २ तल्ले कच्ची घरमा विद्युत्को तार सर्ट भइ आगलागी भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मिन बहादुर घलले जानकार दिए ।

उनका अनुसार, उक्त घटनाको जानकारी प्राप्त भएलगत्तै प्रहरी घटनास्थलमा पुगेको र प्रहरी र स्थानीयको सहयोगमा बिहानको करिब २:३० बजेको समयमा आगलागी पूर्ण रुपमा नियन्त्रणमा आएको हो ।

आगलागीबाट उक्त घरभित्र रहेको अन्नपात, भाँडाकुडा, लत्ताकपडा र घर समेत पूर्ण रुपमा जलेर नष्ट हुदाँ करिब १२ लाख रुपैयाँ बराबरको क्षति भएको उनले बताए । उनका अनुसार, आगलागीमा कुनै मानवीय तथा चौपायको क्षति भएको छैन ।

ज्योती श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully