काभ्रे — पनौती नगरपालिका–५ सुब्बा गाउँमा एक महिला खोलाले बगाउँदा बेपत्ता भएकी छन् ।
सोमबार साँझ करिब ६ बजेतिर सुब्बा गाउँ नजिकैको ढलमले ठाडो खोलाले स्थानीय राजेश गिरिकी ३३ वर्षीया श्रीमती रेणुका गिरिलाई बगाएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले जानकारी दिए । उनका अनुसार गिरि आफ्नो बारीबाट काम गरी घर फर्किने क्रममा खोलाले बगाएर बेपत्ता भएकी हुन् ।
घटनापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोलीले खोजी कार्य जारी राखेको छ । हालसम्म उनी फेला परेकी छैनन् ।
