दोलखामा सुरेल समुदायले मनाए उभौली र चन पूजा

वैशाख ३०, २०८२

केदार शिवाकोटी

Ubhauli and Chan Puja were celebrated by the Surel community in Dolakha

दोलखा — निकै कम संख्यामा रहेका सुरेल समुदायले बालीनाली लगाउन पानी माग्दै चराको पूजा गरेर उभोली पर्व मनाएका छन् । गौरीशंकर गाउँपालिका–५ सुरीमा रहेका लोपोन्मुख सुरेलहरुले गहुँबाली भित्र्याएको उत्सवका रुपमासमेत उभोली पर्व मनाउने चलन छ । 

यस्तै नयाँ बाली लगाउने बेलामा भूमिको पूजा गर्दै नाचगान गरेर उभौली मनाउने चलन रहेको सुरले उत्थान समाजका अध्यक्ष प्रल्हाद सुरेलले बताए । गौरीशंकर–५ सुरीमा ५७ परिवार सुरेल समुदायको बसोबास छ । यस्तै वडा नं ८ को खारेमा ३ घरपारिवार सुरेल बसोबास गर्छन् । 

संघीय सरकारले सुरेल जातिलाई जन्मनेवित्तिकै मासिक सामाजिक सुरक्षाभत्ता दिँदै आएको छ । हाल २ सय ३१ जना सुरेलले भत्ता बुझ्दै आएका छन् । जसका कारण अभिलेखमा २ सय ३१ जना संख्या सुरेल रहेको छ । सुरेलले आफूहरुको पुर्खा सिकारी रहेकाले उनैको सन्तानका रुपमा परिचय गराउँदै परम्परागत रुपमा चराको पूजा गरेर उभोली मनाउने चलन रहेको उनले बताए । उभौलीको दिन झाँक्रीबाट जोखना हेराउने चलन छ । यस्तै  हरेक घरबाट नयाँ बाली गहुँको शुद्ध चोखो जाँड बनाएर एक पाथीका दरले भूमि पूजामा ल्याएर उभौली मनाउने गर्छन् ।

Ubhauli and Chan Puja were celebrated by the Surel community in Dolakha

सुरेलहरुले उभौली चण्डीपूणी र त्यसको भोलिपल्ट चन पूजा गरेर उभाली विधिवत् रुपमा समापन गर्ने परम्परा छ । ‘बालीनाली सप्रर्ने भन्दै सुरेलहरुले पानी माग्दै २४ ठाउँमा चरा, कुखुरा र गहुँको जाँड राखेर नाक्सो अर्थात् पुजारी र ङायीगा अर्थात् धुपौरेले भूमिको पूजा गरेपछि सामूहिक रुपमा भोज खाने चलन छ,’ उनले भने, उभौली मनाउन अनिवार्य २४ वटा चरा नभए त्यसको प्रतीक चाहिन्छ, सिकारीको सन्तान भएकाले पुर्खादेखि नै यो परम्परा चलेको रहेछ ।’ 

भूमे पूजाअघि सुरेल समुदायमा झाँक्रीका घरबाट बेलपातीसहितको झाँकी र नाचगान निकालेर गाउँघर डुलाउने प्रचलन छ । सुरेको उभौलीमा नेवार समुदायका युवतीहरु पनि झाँक्री बनेर पूजामा सामेल हुने गर्छन् । जसकारण सुरीमा उभौलीलाई सुरेल मात्रै नभएर अन्य समुदायले पनि संयुक्त रुपमा मनाउने गरेका छन् । 

Ubhauli and Chan Puja were celebrated by the Surel community in Dolakha

केदार

Link copied successfully