माम्तीमा बाढीले डाइभर्सन बगाउँदा सडक अवरुद्ध

वैशाख ३०, २०८२

ज्योती श्रेष्ठ

The road was blocked when the diversion was swept away by the floods in Mamti

काभ्रे — वर्षाका कारण बीपी राजमार्ग अर्न्तगत रोशी गाउँपालिका–११ स्थित माम्तीमा बाढीले डाइार्भसन बगाउँदा सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

कार्यालयका प्रमुख प्रहरी निरीक्षक सुनिल धाँजुका अनुसार, सोमबार राति ९ बजेदेखि माम्तीमा बाढीले डाइार्भसन बगाएपछि सडक अवरुद्ध भएको छ । उक्त स्थानमा स्थानीय, प्रहरी, ट्राफिक प्रहरी, सडक विभागको प्रयासमा बाटो खुलाउने प्रयास भएको उनले बताए । काठमाडौंबबाट पूर्व जाने सवारीलाई भकुन्डेमा र पूर्वबाट काठमाडौंतर्फ आउने सवारी साधनलाई सिन्धुलीमा होल्ड गरिएको छ । उनका अनुसार, करिब १२ बजेसम्ममा बाटो खुलाउने प्रयास छ ।

त्यस्तै, राजमार्ग अर्न्तगत रोशी गाउँपालिका–९ स्थित बोक्सेकुनामा वर्षाले बाटो बिग्रोको उनले जानकारी दिए । उनका अनुसार, उक्त स्थानमा मर्मत कार्यपश्चात अहिले एकतर्फी यातायात सञ्चालन गरिएको छ । बाटो अवरुद्ध भएको कारण वैकल्पिक बाटो प्रयोग गर्न प्रहरीले अनुरोध छ । 

ज्योती श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully