उनी आमा-बासँगै पाैडी खेल्न गएका थिए
चितवन — नारायणी नदीमा पाैडी खेल्दा डुबेका एक युवककाे निधन भएकाे छ ।
चितवन जिल्ला प्रहरी कार्यालयबाट प्राप्त विवरण अनुसार साेमबार दिउँसाे साढे एक बजे भरतपुर महानगरपालिका-१७ मझुवा आडबाट नारायणी नदीमा पाैडी खेल्न गएका साेही ठाउँका १८ वर्षीय कुमार नेपाली नदीमा डुबेका थिए । उनी आमा-बासँगै पाैडी खेल्न गएकाे प्रहरीकाे भनाइ छ ।
डुबेर बेहाेस भएका कुमारलाई उनका बुबाले उद्धार गरी उपचारका लागि चितवन मेडिकल कलेजकाे भरतपुरस्थित शिक्षण अस्पताल पुर्याएका थिए । साेही अस्पतालमा कुमारकाे दिउँसाे साढे २ बजेतिर निधन भएकाे चितवन प्रहरीका प्रवक्ता डीएसपी रवीन्द्र खनालले बताए ।
गर्मी बढेसँगै नदी र खाेलामा पाैडी खेल्ने क्रम बढेकाे छ । पाैडी खेल्दा सजग रहन प्रहरीले अपिल गरेकाे छ ।
