भरतपुर — नारायणगढ–मुग्लिन सडक खण्डको तुईनखोलामा कोइला बोकेको ट्रक पल्टिदा बिहान ७ बजेबाट राजमार्ग अवरुद्ध छ ।
ईलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार कोइला बोकेको ट्रक आफैं अनियन्त्रित भई पल्टिदा राजमार्ग सबै ठप्प छ ।
दुर्घटनामा मानवीय क्षति भने भएको छैन । दुर्घटनास्थल मुग्लिनबाट दुई किलोमिटर पश्चिम दक्षिणतर्फ पर्दछ ।
