मकवानपुर — अवैध लागूऔषध नाइट्राभेटसहित मकवानपुर प्रहरीले रौतहटको मौलापुर नगरपालिका-९ का ३२ वर्षीय सुनिल सिंह पटेललाई हेटौंडाबाट पक्रेको छ ।
प्रहरी चौकी रातोमाटेको टोलीले पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा-१५ रातोमोटेमा चेकिङको क्रममा बा.प्र ०१–०३१ च ५०२२ नम्बरको गाडीबाट विभिन्न परिमाणको नाइट्राभेटसहित उनलाई पक्रेको हो । गाडीलाई रोकेर चेकिङ पटेलले बोकेको सुटकेस र झोलाबाट लागूऔषध फेला पारिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीले पटेलको सुटकेस र झोलाबाट लागूऔषध नाइट्राभेट ३ हजार ४४० ट्याब्लेट, ट्रामाडोल २ हजार ९५० क्याप्सुल, फेनार्गन ३८५ एम्पुल, नुर्फिन ३९५ एम्पुल र डाईजेपाम ३८७ एम्पुल फेला पारेको हो ।
उनलाई जिल्ला अदालत मकवानपुरबाट एक हप्ताको म्याद अनुमति लिएर आवश्यक अनुसन्धान प्रक्रियाअघि बढाएको प्रहरीले जनाएको छ ।
