४४ जना रोहिंगा शरणार्थीलाई काभ्रेको शंखुबाट काठमाडौं फिर्ता 

वैशाख २४, २०८२

ज्योती श्रेष्ठ

44 Rohingya refugees returned to Kathmandu from Shankhu in Kavre

काभ्रे — काभ्रेको धुलिखेल नगरपालिका–१२ स्थित शंखुमा केही दिनदेखि अस्थायी रूपमा बसोबास गर्दै आएका म्यानमारका रोहिंगा शरणार्थीलाई काठमाडौं फिर्ता पठाइएको छ । 

वैशाख २२ गतेदेखि बस्दै आएका ११ परिवारका ४४ जना शरणार्थीलाई बुधबार स्थानीय जनप्रतिनिधि र प्रशासनको रोहबरमा काठमाण्डौ फर्काइएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए । उनका अनुसार, शरणार्थीहरु शंखुमा खाली स्थानमा भाडामा बस्ने गरी आएको जानकारी प्राप्त भएको छ । 

शरणार्थीमध्ये एक जना धुलिखेल अस्पतालमा सुत्केरी रहेकाले ४ जना त्यहाँ छ्न् । १ जना भने अध्ययनका लागि ललितपुर गएको उनले बताए । स्थानीय क्षेत्रमा मजदुरी लगायतका काममा संलग्न गराउने उद्देश्यले उनीहरूलाई शंखु ल्याइएको थियो । तर शरणार्थीको उपस्थितिका विषयमा जिल्ला प्रशासन र अन्य सरोकारवाला निकायले चासो देखाएपछि प्रहरी, जनप्रतिनिधि र स्थानीयबीच छलफल गरी उनीहरूलाई पुनः राजधानी फिर्ता गर्ने निर्णय गरिएको हो ।

ज्योती श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully