डाइभर्सन पुननिर्माणपछि कान्ति लोकपथ सञ्चालनमा

वैशाख २१, २०८२

प्रताप विष्ट

Kanti Lokpath in operation after diversion reconstruction

हेटौंडा — बागमती खोलाको डाइभर्सन पुननिर्माण गरेपश्चात् कान्ति लोकपथ सञ्चालनमा आएको छ । शुक्रबार र शनिबारको वर्षाले बागमती खोलामा निर्माण गरिएको डाइभर्सन बगाएपछि आइतबार बिहानदेखि कान्ति लोकपथ अवरुद्ध भएको थियो ।

आइतबार दिउँसो पौने एक बजेदेखि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता श्यामु अर्यालले बताए । 

मकवानपुरको भीमफेदी गाउँपालिका-८ र ललितपुरको बागमती गाउँपालिका-२ को बगुवाबीच रहेको बागती खोलामा डाइभर्सन बनाइएको थियो । शनिबारको वर्षाका कारण ललितपुर बगुवातर्फको डाइभर्सन बगेको थियो ।

कान्ति लोकपथ मर्मतको काम भइरहेकाले वैशाख १८ देखि जेठ १ सम्म प्रत्येक दिन ६ घन्टा १० बजेदेखि दिनको ४ बजेसम्म बन्द गरिएको छ ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully