बाढीले ह्युमपाइप बगाउँदा कान्ति लोकपथ पुन: अवरुद्ध

वैशाख २१, २०८२

प्रताप विष्ट

Kanti Lokpath blocked again as flood washes hump pipe

हेटौंडा — बागमती खोलामा राखिएका डाइभर्सनका ह्युमपाइप बाढीले बगाउँदा कान्ति लोकपथ पुन: अवरुद्ध भएको छ ।  

डाइभर्सन बनाएर आइतबार दिउँसो पौने १ बजे लोकपथ सञ्चालनमा ल्याइएको थियो । शनिबार राति परेको पानीले ललितपुरको बागमती गाउँपालिका-२ बगुवातर्फको डाइभर्सन बगाएको थियो । डाइभर्सनमा ह्युमपाइप राखेर सञ्चालनमा ल्याएको ३ घण्टा बित्न नपाउँदै खोलाले ह्युमपाइप बगाएर लगेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता श्यामु अर्यालले बताए ।

लोकपथ मर्मतको काम भइरहेकाले वैशाख १८ देखि जेठ १ सम्म प्रत्येक दिन ६ घण्टा १० बजेदेखि दिनको ४ बजेसम्म बन्द गरिएको छ ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully