हेटौंडा — मकवानपुरमा रुख काट्ने क्रममा रुखले च्यापेर एक मजदुरको मृत्यु भएको छ। बागमती गाउँपालिका–३ देउजोरस्थित सूर्यकिरण सामुदायिक वनको ठेक्कामा रुख काट्ने क्रममा इलाम नगरपालिका-९ निवासी ४६ वर्षीय दिलकुमार लिम्बुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
रुख काट्ने क्रममा आफूतर्फ रुख ढल्दा लिम्बु च्यापिएका थिए । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
सुर्यकिरण सामुदायिक वनले बूढा र पुराना रुखहरू ठेक्कामा दिएर कटान गर्न लगाएको थियो ।
