स्कुटर दुर्घटनामा मकवानपुर एमाले अध्यक्ष पोखरेल घाइते

वैशाख १३, २०८२

प्रताप विष्ट

Makwanpur UML president Pokharel injured in scooter accident

हेटौंडा — हेटौंडा उपमहानगरपालिका–५ मा स्कुटर दुर्घटनामा एमाले मकवानपुरका पार्टी अध्यक्ष श्रीधर पोखरेल घाइते भएका छन् ।

हेटौंडा–५ पुष्पलाल पार्क अगाडि (भित्री सडक खण्डमा) कमलडाँडबाट हेटौंडातर्फ आउने क्रममा प्र.३–०३–००१ प. ५८०७ नं. को स्कुटर एक्कासी ब्रेकफेल (अनियन्त्रित) भएर हेटौंडा उपमहानगरपालिका–४ का ६२ वर्षीय पोखरेल घाइते भएका हुन् ।

उनको उपचार हेटौंडा अस्पतालमा भइरहेको छ । पोखरेलको टाउको, निधार तथा दाँया हातमा चोट लागेको अवस्थामा देखेर स्थानीयले उद्धार गरी उपचारको लागि हेटौंडा अस्पताल मकवानपुरमा ल्याएका थिए ।

उपचारको निम्ति उनलाई आईसीयुमा राखिएको प्रहरीले जनाएको छ ।

प्रताप विष्ट

Link copied successfully