काठमाडौँ — प्रहरीले मानव बेचबिखनमा संलग्न फरार प्रतिवादी काठमाडौं महानगरपालिका–२६ ठमेल बस्ने ओखलढुंगा चम्पादेवी गाउँपालिका–१ घर भएका आशिष नेपालीलाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार आशिष पीडित बालिकालाई २०७० फागुन ११ गते चीनको खासास्थित छिरिङ डान्सबारमा लगि १८ हजार रूपैयाँमा बेचबिखन गरेको घटनामा संलग्न उनी त्यसबेलादेखि नै फरार रहेका थिए ।
उनलाई मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको टोलीले बबरमहलबाट पक्राउ गरेको हो ।
उनी उपर काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
