पहिरोले अरनिको राजमार्ग अवरुद्ध

वैशाख ४, २०८२

ज्योती श्रेष्ठ

Araniko highway blocked by landslides

काभ्रे — अरनिको राजमार्गअन्तर्गत ५० किलोदेखि ५४ किलो खण्डका विभिन्न ठाउँमा लेदो सहितको पहिरो झरेर राजमार्ग अवरुद्ध भएको छ ।

बिहीबार अपराह्न ४ बजेतिर वर्षाका कारण पहिरो झरेकाले राजमार्गमा दुईतर्फी सवारी आवगमन अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी निरीक्षक विकास तामाङले जानकारी दिए ।

उनका अनुसार, पहिरो पन्छाएर बाटो खुलाउने प्रयास जारी छ । तर वर्षा भइरहेकाले सडक खुलाउन कठिन भइरहेको उनले बताए । 

सवारीहरुलाई चाखोला–ज्याम्दी–कुन्ताबेंसी–नगरकोट सडक–खण्ड भएर यात्रा गर्न अनुरोध गरिएको ट्राफिक प्रहरीले जनाएको छ । 

ज्योती श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully