हेटौंडा — पूर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–६ सुनाचुरीमा बिहीबार बिहान यात्रु बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् ।
उपचारका निम्ति उनीहरुलाई चितवनको भरतपुर पठाइएको छ । इटहरीबाट भैरहवातर्फ जाँदै गरेको लु.२ ख ५९९ न.को बस सडकबाट १० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
प्रहरी नियन्त्रणमा रहेका चालक राकेश चौधरीका अनुसार बसको स्टेयरिङ लक भएका कारणले दुर्घटना भएको हो । प्रहरीका अनुसार घाइतेहरुको अवस्था मध्यम रहेको छ ।
