कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी ३१ वर्षपछि पक्राउ

चैत्र ३१, २०८१

ज्योती श्रेष्ठ

Absconding defendant in duty killing case arrested after 31 years

काभ्रे — कर्तव्य ज्यान कसुरका फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय काभ्रेले ३१ वर्षपछि पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रेको साबिक नाग्रेगागर्चे गाविस-९ (हाल चौंरीदेउराली गाउँपालिका-२) स्थित दूतीका ५७ वर्षीय दानबहादुर प्रधान रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले जानकारी दिए । 

उनका अनुसार दानबहादुर २०५० वैशाख १६ गते साँझ ७ बजेको समयमा सोही स्थानका उत्तरबहादुर प्रधानलाई चक्कु प्रहार गरी हत्या गरी फरार थिए । फरार उनलाई अदालतले कर्तव्य ज्यान मुद्दामा २०७६ माघ २८ गते जन्मकैदको सजाय फैसला गरेको थियो । प्रहरीले आइतबार धुलिखेल नगरपालिका-७ बाट उनलाई पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनका लागि आइतबार नै जिल्ला कारागार धुलिखेल पठाइएको प्रहरीले जनाएको छ । 

ज्योती श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully