हेटौंडा — धरान—चतरा सडक खण्डमा पर्ने हेटौंडा उपमहानगरपालिका—१६ गुरुधामचोकमा स्कुटरको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ ।
हेटौंडा उपमहानगरपालिका—१८ ठूलोदमारबाट हटियातर्फ आउँदै गरेको बा.प्र.०३–०४ प ९५२६ न.को स्कुटरको ठक्करबाट ७६ वर्षिय अनिरुद्र बस्ताकोटीको मृत्यु भएको हो । स्कुटरले बिहीबार राति ठक्कर दिएर घाइते भएका पैदलयात्री बस्ताकोटीलाई उपचारका निम्ति हेटौंडा अस्पतालले भरतपुरको चितवन रिफर गरिएको थियो । चितवनस्थित सिएमसी अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्कुटर चालक हेटौंडा उपमहानगरपालिका–१७ ठूलोगगटेका २७ वर्षीय सन्दिप थापाको कानको भाग, दायाँ आँखामा र कम्मरको भित्री भागमा चोटपटक लागेको छ । उनको चुरेहिल अस्पताल हेटौंडामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता श्यामु अर्यालले बताए ।
