हेटौंडा आउँदै गरेको बस दुर्घटना हुँदा ३० जना घाइते

चैत्र २८, २०८१

प्रताप विष्ट

30 people were injured when a bus coming to Hetaunda met with an accident

हेटौंडा — धरान—चतरा सडक खण्डको बकैया गाउँपालिका—३ चिसापानी बजारमा बुधबार राति बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् ।

सिन्धुलीबाट हेटौंडातर्फ आउँदै गरेको बा.प्र.०६–००१ ख ०२७० नम्बरको रिजर्भ बस घुम्तीमा एक्कासि पल्टँदा बसमा रहेका ३० जना यात्रु  घाइते भएका थिए । बसमा भिमफेदी गाउँपालिका कृषि तथा पशु शाखा भिमफेदीका अगुवा कृषक भ्रमण गएर फर्कँदै थिए ।

घाइतेहरुलाई प्रहरी र स्थानीयवासीले राति नै उद्धार गरेर १६ जना घाइतेलाई हेटौंडा ल्याइएको थियो । बाँकी १४ जना घाइतेलाई बकैयास्थित स्वास्थ्य केन्द्रमा उपचार गराउन राखिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए । 

हेटौंडा ल्याइएकामध्ये चार जना घाइतेलाई थप उपचारका निम्ति चितवन लगिएको छ । हेटौंडा अस्पताल र हेटौंडास्थित सहकारी अस्पतालमा ८ जना उपचार भइरहेको छ । चार जना सामान्य उपचारपश्चात घर फर्किसकेका छन् । बकैयास्थित स्वास्थ्य चौकीमा उपचार गराइरहेका घाइतेहरुको अवस्था पनि सामान्य रहेको प्रहरीले जनाएको छ । बसका चालक फरार रहेको प्रहरीले बताएको छ । 

प्रताप

Link copied successfully