मकवानपुर — आदिवासी जनजाति आयोगले बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटालाई वार्षिक प्रतिवेदन बुझाएको छ ।
४ वर्षमा सरकारले आदिवासी जनजातिको हितमा के कति कार्यान्वयन गर्यो भन्ने विषय समेटिएको प्रतिवेदन आयोगका सदस्य सूर्यबहादुर गुरुङले प्रदेश प्रमुख देवकोटालाई बुझाएका हुन् । वार्षिक प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख देवकोटाले प्रतिवेदन अध्ययन गरेर बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा र मुख्य सचिवलाई हस्तान्तरण गरिने जनाए ।
आयोगका सदस्य गुरुङले आदिवासी जनजातिको पहिचान, हकहित, अधिकारको संरक्षण संवर्द्धन गर्न राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको सुनिश्चितता र सशक्तीकरण गर्न जरुरी रहेको बताए । ‘आदिवासीको अधिकारी सुनिश्चित गर्न नीति, कानुन र योजनको समीक्षा तथा तर्जुमा जरुरी छ,’ उनले भने ।
