डढेलोमा परी पाख्रिनको मृत्यु

चैत्र २१, २०८१

प्रताप विष्ट

Pari Pakhrin died in the fire

हेटौँडा — मकवानपुरमा भीरबाट लडेर डढेलो लागेको ठाउँमा पुग्दा एक पुरुषको मृत्यु भएको छ। भीमफेदी गाउँपालिका–१ का ४९ वर्षीय अकिलबहादुर पाख्रिन भीरबाट लडेर डढेलो लागेको ठाउँमा पुगेका थिए । उनको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

स्थानीय सामुदायिक वनमा बुधबार दिउँसोदेखि डढेलो लागिरहेको थियो। गोठमा आगो लाग्ने डरले अकिलबहादुर पाख्रिन बुधबार राति ११ बजे पत्नी र दाजुसहित आगलागी भएको स्थानतर्फ गएका थिए। हेर्ने क्रममा उनी भीरबाट खसेका थिए।

पाख्रिनका पत्नी र दाजुले रातभर खोजी गरे पनि डढेलोको धुवाँका कारण उनी भेट्टाउन सकेनन्। बिहीबार बिहान परिवार तथा स्थानीयवासीले खोजी गर्दा डढेलोले डढेको अवस्थामा उनको शव फेला परेको थियो।

पाख्रिनको शव भीरबाट करिब २०० मिटर तल भोर्लाको लहरामा अडिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय भीमफेदीकी प्रहरी निरीक्षक ललिता ढकालले जानकारी दिइन्।

प्रताप

Link copied successfully