सुदूरपश्चिमको दिदीबहिनी सम्मान चितवनमा पनि

चैत्र १७, २०८१

रमेशकुमार पौडेल

Sister Samman in Far West also in Chitwan

चितवन — चैत महिनामा सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा दिदी बहिनी भेटघाट र सम्मान गर्ने परम्परा रहेको छ । सुदूरपश्चिमबाट चितवन र यसको आसपासमा पेसा, व्यवसाय गर्दै स्थायी बसोबास गरिरहेका व्यक्तिहरूले पनि यो परम्परा निरन्तरता दिएका छन् ।

उनीहरूले गठन गरेको सुदुरपश्चिम समाज चितवनले चितवन र आसपासका जिल्लाका दिदी बहिनीहरूलाई सम्मान गरेको छ ।

समाजका अध्यक्ष चन्द्रसिंह भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सुदूरपश्चिममा उच्च शिक्षामा उल्लेखनीय योगदान पुर्‍याएका प्राध्यापक मीनप्रसाद दवाडीलाई सम्मान गरिएको सचिव बलराम जोशीले जानकारी दिए । सुदूरपश्चिमबाट चितवनमा आएर बसोबास गर्नेहरूले गठन गरेको संस्था यसै चैत ३ मा चितवन जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको थियो । सुदूरपश्चिमको पहिचानलाई जोगाउन र प्रवर्द्धन गर्न सामूहिक रुपमा विभिन्न गतिविधि गर्ने उद्देश्यले संस्था गठन गरिएको सचिव जोशीको भनाइ छ ।

रमेशकुमार पौडेल पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully