काभ्रे — काभ्रे बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ)को प्यानल नै विजयी भएको छ ।
त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आंगिक तथा सामुदायिक क्याम्पसमा मंगलबार सम्पन्न भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा काभ्रेको काभ्रे बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ)को प्यानल नै विजयी भएको निर्वाचन अधिकृत माधव प्रसाद तिमल्सिनाले जानकारी दिए ।
बुधबार बिहान ३ बजे सम्पन्न भएको मतगणना अनुसार, काभ्रे बहुमुखी क्याम्पसको स्ववियु अध्यक्ष पदमा नेविसंघका उम्मेदवार रोहिन पराजुलीले २७२ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटम प्रतिप्रस्पर्धी अनेरास्ववियु मिलन गौतमले ११९ मत प्राप्त गरेका हुन् ।
त्यस्तै, सचिव पदमा नेविसंघका उम्मेदवार तीर्थ कुमारी भुर्तेलले २६४ मत प्राप्त गरेकी छन् भने उनकी निकटतम प्रतिस्पर्धि अखिल क्रान्तिकारीका उम्मेदवार ग्युछेन लामाले १२४ मत प्राप्त गरेकी छिन् ।
कोषाध्यक्ष पदमा नेविसंघबाट मनिष श्रेष्ठले २५६ मत पाएका छन् भने अनेरास्ववियुबाट सृजना सापकोटाले १२९ मत पाएकी छिन् । सदस्यमा नेविसंघतर्फबाट सुधा श्रेष्ठले २७४, सजिना लामाले २६१, मनिष कुँवरले २६२ र अनेरास्ववियू (समाजवादी) तर्फबाट सन्ध्या गिरीले २४९ र सुनिता गुँइतले २४९ मतले पाएर नेविसंघको सिंगो प्यानल नै विजयी भएको हो ।
स्ववियुको सदस्य पदका लागि अनेरास्ववियु तर्फबाट अस्मिता खनालले ८९, सुवेक्षा गौतमले १०५, प्रजित विष्टले १०२, अदिस विष्टले ९९ र प्रमेश पौडेलले १२९ मत प्राप्त गरेका छन् । निर्वाचनका लागि नेविसंघ र अनेरास्ववियू (समाजवादी)बिच गठबन्धन भएको थियो भने अनेरास्ववियु र अखिल क्रान्तिकारीबिच गठबन्धन भएको थियो । कुल ५४१ मतादाता रहेको उक्त क्याम्पसमा ३९६ मत खसेको थियो ।
जिल्लाको १६ वटा क्याम्पस मध्ये १५ वटामा यसअघि नेविसंघले ६, अनेरास्ववियु ६ र अखिल क्रान्तिकारी ३ वटामा भागबण्डा गरेर सर्वसम्मत नेत्तृत्व चयन भएका छन् ।
