हेटौंडा क्याम्पसको अध्यक्षमा अनेरास्ववियुका अभि मैनाली निर्वाचित

चैत्र ६, २०८१

सुवास विडारी

Abhi Mainali of ANERASWAVIU elected as President of Hetaunda Campus

मकवानपुर — मकवानपुरको हेटौंडा क्याम्पसमा अनेरास्ववियुको तर्फबाट अध्यक्ष पदमा अभि मैनाली निर्वाचित भएका छन् ।

मंगलबार भएको स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) को निर्वाचनमा अनेरास्ववियु र नेविसंघको संयुक्त प्यानलबाट उम्मेदवार बनेका मैनाली २५१ मतका साथ निर्वाचन भएका हुन् । उनका प्रस्तिस्पर्धी अखिल क्रान्तिकारीका दिपक वाइबा तामाङले ११९ मत प्राप्त गरेका छन् ।

सचीव पदमा अनेरास्ववियुका गणेश तिमल्सिनाले २७१ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी क्रान्तिकारीका ईश्वर ढुङ्गेलले ९१ मत प्राप्त गरेका छन् । कोषाध्यक्षमा नेविसंघका सुरज बोलखेले २३६ मत प्राप्त गर्दा क्रान्तिकारीकाकी प्रास्ना दोङले ११५ मत प्राप्त गरे ।

त्यस्तै, सदस्यहरुमा शिशिर ढकाल, मुना शिकारी, नितेश भण्डारी, नितिशकुमार यादव र अखिलेशकुमार यादव निर्वाचित भएका छन् ।

साथै समानुपातिकतर्फ अनेरास्ववियुले २२०, अखिल क्रान्तिकारीले ९५ र नेविसंघले ५७ मत प्राप्त गरेको छ । निर्वाचनमा ३७४ विद्यार्थीले मतदान गरेका थिए ।

कुल ३७४ जनाले मतदान गरेका थिए ।

सुवास विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।

Link copied successfully