बेथानचोकको गोरखनाथ सामुदायिक वनमा डढेलो

चैत्र ४, २०८१

ज्योती श्रेष्ठ

A fire broke out in Gorakhnath Community Forest in Bethanchok

काभ्रे — काभ्रेको बेथानचोक गाउँपालिका–३ बोल्देस्थित गोरखनाथ सामुदायिक वनमा डढेलो लागेको छ । आइतबार राति ११ बजेदेखि उक्त वनमा डढेलो लागेको बेथानचोक गाउँपालिका–३ का वडाअध्यक्ष कुबेर ढकालले जानकारी दिए ।

उनका अनुसार डढेलो लागेको स्थान मानव बस्तीबाट टाढा रहेकाले हाललाई मानव बस्तीमा जोखिम भने देखिएको छैन । 

रातिको समयमा डढेलो देखिएकाले नियन्त्रणका लागि सम्भव नभएकाले बिहान नियन्त्रणको तयारी भइरहेको उनले बताए । उनका अनुसार प्रहरी, जनप्रनितिनिधि, वन उपभोक्ता समिति, जनसमुदाय सबैलाई खबर गरिएको छ ।

प्रहरी चौकी च्याम्राङबेशी–ढुंखर्कका इन्चार्ज रमेश शाहका अनुसार डढेलो लागेको स्थानमा प्रहरीको टोली जाँदै छ । त्यहाँको घटनास्थलको विस्तृत जानकारी आउन बाँकी रहेको उनले बताए । 

ज्योती श्रेष्ठ श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully