गौरीशंकर संरक्षण क्षेत्रको वनमा फेरि डढेलो

चैत्र ३, २०८१

केदार शिवाकोटी

Fire again in Gaurishankar conservation area forest

काठमाडौँ — गौरीशंकर संरक्षण क्षेत्रअन्तर्गत दोलखाको विगु गाउँपालिका–१ लामाबगर नजिकै ठोङठोङ नजिकैको जंगलमा आइतबार बिहान लागेको डढेलो नियन्त्रण बाहिर गएको छ ।

बिहानैबाट संरक्षण क्षेत्रको जंगलमा लागेको डढेलो लामाबगरमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् केन्द्रको सुरक्षार्थ खटिएको नेपाली सेनाको गरुड दल गण, जनपदसहित सशस्त्र प्रहरी र संरक्षण क्षेत्रबाट खटिएको टोलीले नियन्त्रणमा लिने प्रयास गरेको थियो ।

डढेलोले विद्युत‍्का पोलहरुमा क्षति गर्दा विद्युत् सेवा अवरुद्ध भएको लामाबगरका स्थानीयले बताएका छन् । डढेलो लागेको क्षेत्रमा रहेको नेपाल टेलिकमको टावर भने नेपाली सेनाले जोगाएका छन् । तीव्र हावाका कारण डढेलो बढेको संरक्षण क्षेत्रका प्रमुख तुलसीप्रसाद दाहालले बताए । उनले डढेलोका कारण वन्यजन्तु  प्रभावित बनेको र रात परेकाले डढेलो निभाउन गएको टोली फर्किएको बताए ।

Fire again in Gaurishankar conservation area forest

केदार शिवाकोटी

Link copied successfully