खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु

चैत्र २, २०८१

प्रताप विष्ट

A young man died of electrocution while fishing in the river

हेटौँडा — मकवानपुरको मनहरीस्थित लोथर खोलामा  विद्युतीय करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।

मकवानपुर कैलाश गाउँपालिका-४ घर भई  मनहरी गाउँपालिका-६ नयाँबस्तीमा आफन्तका  बस्दै आएका ३१ वर्षीय ईन्द्रलाल मोक्तानको लोथर खोला दोभानमा करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर घाइते भएका थिए । घाइते मोक्तानको उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा शुक्रबार मृत्यु भएको थियो ।

मृत्युको कारण प्रहरीले अनुसन्धान गर्ने क्रममा घरमा विद्युतको तार जोडेर करेन्ट लगाएर माछा मार्न लाग्दा करेन्ट लागेर घाइते भएको खुलेको हो ।सुरुमा छिमेकी र आफन्तले मोबाइल चार्ज गर्न लाग्दा मोक्तानलाई करेन्ट लागेको भनेर प्रहरीलाई जानकारी गराएका थिए। 

मनहरी प्रहरीले अनुसन्धान गर्ने क्रममा आफू बस्ने घरमा विद्युतको तार जोडेर खोलामा माछा मार्न लाग्दा मोक्तानलाई करेन्ट लागेको कुरा खुलेको हो । ‘पहिला मोक्तानका आफन्त र छिमेकीले डराएर गलत रिपोटिङ गरे,' इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक विशाल सापकोटाले भने, ‘थप अनुसन्धान गर्ने क्रममा करेन्ट लगाएर माछा मार्न लाग्दा करेन्ट लागेको खुल्यो ।’ 

अहिले छिमेकी र आफन्तहरु पनि माछा मार्न तार जोडन लाग्दा करेन्ट लागेको बताउँछन् । मोक्तान केही समयदेखि नयाँ बस्तीस्थित आफन्तको घरमा बस्दै आएका थिए।

प्रताप

Link copied successfully