'चितवन लाटे आर्ट'मा विजेता बने साहिल गुरुङ

चैत्र १, २०८१

रमेशकुमार पौडेल

Sahil Gurung became the winner in 'Chitwan Latte Art'

चितवन — कफीको कपमा सुन्दर कला पस्कने प्रतिस्पर्धा ‘चितवन लाटे आर्ट प्रतियोगिता’को पाँचौँ श्रृङ्खलाको विजेता भरतपुरका बारिस्टा साहिल गुरुङ भएका छन् । उनले नगद ६० हजार रुपैयाँ पुरस्कार र ट्रफी पनि पाएका छन् ।

बुधबार र बिहीबार देशका विभिन्न ठाउँबाट नारायणगढमा भेला भएका ४६ जना बारिस्टाबीच भएको प्रतियोगितामा अन्य थप पाँचजना पनि पुरस्कृत भए ।

Sahil Gurung became the winner in 'Chitwan Latte Art'प्रतियोगितामा नवलपुरको देवचुली–३ केउरेनीका अभिषेक सुस्लिङ दोस्रो भए । भरतपुरकै टेकमाया गुरुङ तेस्रो, काठमाडौंका अनिस राई चौथो, भरतपुरका निरञ्जन राना मगर पाँचौँ र काठमाडौंकी प्रिती सुवेदी छैटौं भइन् । उनीहरूले क्रमशः नगद पुरस्कार ४० हजार, ३० हजार, २० हजार, १० हजार र पाँच हजार रुपैयाँ तथा ट्रफी पनि प्राप्त गरे । पुरस्कृत सबै ६ जना काठमाडौंमा हुने राष्ट्रिय लाटे आर्ट प्रतियोगितामा पनि छनौट भए । 

नारायणगढको कफी ओ क्लक प्रालि र भरतपुरको हिमालयन चियाले संयुक्त रुपमा प्रतियोगिता आयोजना गरेका हुन् । कफी ओ क्लबका सञ्चालक सुदीश थापाले सात वर्षअघि प्रतियोगिता सुरु गरेका थिए । सुरुका दुई वर्ष उनले विभिन्न तालिम केन्द्रमा कफी बनाउने प्रशिक्षार्थीबीच प्रतिस्पर्धा गराए । त्यसपछि कफी तयार गर्न निपूर्ण बारिस्टाहरूलाई नै सहभागी गराएर राष्ट्रिय स्तरको प्रतियोगिता सुरु गरका हुन् । 

रमेशकुमार पौडेल पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully