थाहामा हावाहुरीले घर र टहरामा क्षति

चैत्र १, २०८१

प्रताप विष्ट

Damage to house and tower due to storm

हेटौंडा — मकवानपुरको थाहा नगरपालिकामा बिहीबार बेलुका आएको हावाहुरीले दर्जनौं घरका छाना र तरकारीका प्लास्टिकका टनेल उडाएको छ ।

थाहा नगरपालिका–३ र ४ नम्बर वडाका करिब सय घरको जस्तापाताको छाना र करिब ८० वटा टनेल हावाहुरीले उडाएको थाहा नगरपालिकाका सूचना अधिकृत सुरज भुजेलले बताए । 

‘यो प्रारम्भिक तथ्यांक मात्र हो,’ उनले भने । बिहीबार बेलुका साढे ६ बजेतिर पानीसँगै आएको हावाहुरीले घर्तिखोला भैरव मन्दिर माथिको क्षेत्रका अधिकांश जस्तापाताको छाना भएका घरहरुको छाना उडाएको छ । 

Damage to house and tower due to storm

प्लास्टिकको टनेलमा ५० वटा भन्दा बढी उडाएको स्थानीय अगुवा कृषक सुदर्शन विष्टले भने,‘हावाहुरीले घरको छाना मात्र उडाएन तरकारी खेती गरिरहेको प्लास्टिकको टनेल पनि उडायो ।’ 

थाहा नगरपालिका–३ मा निर्माणाधीन कोल्ड स्टोरको जस्तापाताको छाना पनि हावाहुरीले उडाएको छ । 

हावाहुरीले थाहा नगरपालिका–४ को धारापानी, नयाँगाउँ र ३ नम्बर वडाको घर्तिखोलासहित करिब सय घरभन्दा बढीको छाना उडाएको छ भने ८० भन्दा बढी तरकारीका प्लास्टिकका टनेलहरु क्षतिग्रस्त बनाएको छ ।

Damage to house and tower due to storm

बुधबार आएको हुरी, बतासले थाहा नगरपालिका–६ बज्रबराहीमा पनि घरको छानाहरु उडाउनुको साथै तरकारी खेतीमा क्षति पुर्‍याएको थियो । 'हावाहुरीले के कति क्षति गर्‍यो भनेर एकिन तथ्यांक आइसकेको छैन, तथ्यांक लिँदै छौं', सूचना अधिकारी भुजेलले भने ।

प्रताप विष्ट

Link copied successfully