हेटौंडा — मकवानपुरमा सडक खन्नेक्रममा पहिरोले एक्स्काभेटर पुरिएको छ । मकवानपुरको भिमफेदी गाउँपालिका– ९ च्यानपाखामा सडक खन्नेक्रममा माथिबाट ढुंगासहितको पहिरो खस्दा एक्स्काभेटर पुरिएको हो ।
बागमती प्रदेशको भौतिक पूर्वाधार विकास हेटौंडाद्वारा निर्माण हुन लागेको गोलमोडदेखि फापरबारी जाने भित्र सडक खण्डको नयाँ सडक खन्ने क्रममा माथिबाट ठूलो ढुंगासहितको पहिरो खसी एक्स्काभेटर केही भाग पुरिएको प्रहरीले जनाएको छ ।
पहिरोले प्र ३–०१–००३ क ६८०९ नम्बरको एक्स्काभेटर आधा भाग सोही पहिरोमा पुरिएर क्षति भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले बताए । एक्स्काभेटर घटनास्थलमै पुरिएको अवस्थामा रहेको र निकाल्ने काम भइरहेको प्रहरीले जनाएको छ ।
