पनौतीका तीनवटा खानी उद्योग सञ्चालनमा रोक

फाल्गुन २२, २०८१

ज्योती श्रेष्ठ

Three mining industries in Panauti have been suspended

काभ्रे — काभ्रेको पनौती नगरपालिकामा सञ्चालित तीनवटा खानी उद्योग सञ्चालनमा रोक लगाइएको छ । पनौती नगरपालिकाले बिहीबार सूचना जारी गर्दै सञ्चालन गर्न रोक लगाइएको जानकारी गराएको हो । 

पनौती-२ मा सञ्चालित डायमन्ड स्टोन माइनिङ प्रालि, वडा नं १२ मा सञ्चालित भालेश्वर रोडाढुंगा उद्योग प्रालि र वडा नं १२ मा सञ्चालित दीपलक्षमी एग्रिगेट एन्ड माइनिङ प्रालिलाई सञ्चालनमा रोक लगाइएको पनौती नगरप्रमुख रामशरण भण्डारीले जानकारी दिए ।

उनका अनुसार, निर्माणमुखी रोडाढुंगा उद्योगहरुको खानी तथा भूगर्भ विभागबाट जारी उत्खनन अविध समाप्त भइसकेको छ । पटकपटक ताकेता गर्दा समेत बन्द गरेको नदेखिएकाले ती उद्योग बन्द गर्ने नगरपालिकाले निर्णय लिएको हो ।

ज्योती श्रेष्ठ श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully