जिरीमा डढेलो निभाउँदा एक जना घाइते

फाल्गुन २२, २०८१

केदार शिवाकोटी

One person injured while extinguishing fire in Jiri

दोलखा — जिरी नगरपालिका–८ को धनमालेको कबुलियती वनका लागेको डढेलो निभाउने क्रममा बुधबार एक जना जलेर घाइते भएका छन् ।

डढेलो निभाउने क्रममा जिरी नगरपालिका–८ पुरानोचौरका ६४ वर्षीय तेजबहादुर खत्री घाइते भएका हुन् । पुरानी कबुलियती वनमा बुधबार दिउँसो लागेको डढेलो निभाउने क्रममा खत्रीको दुवै हात जलेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक शत्रुधन महतोले बताए । उनको स्थानीय स्वास्थ संस्थामा उपचार भएको उनले बताए ।

डढेलो ठूलोचौर बस्ती र ठूलोचौर प्राथमिक विद्यालयतर्फ सल्कन लागेपछि गरुड दल गण सुरक्षा बेस जिरी खटिएको टोलीसहित इलाका प्रहरी कार्यालय जिरीसहित स्थानीयले बस्तीतर्फको डढेलो नियन्त्रणमा लिएका छन् । उक्त वनमा लागेको डढेलो नियन्त्रणमा भने आउन सकेको छैन् । बुधबार दिउँसो जिरी नगरपालिकाको दमकलसमेत प्रयोग गरेर उक्त वनमा लागेको डढेलो नियन्त्रमा लिने प्रयास गरिएको थियो ।

केदार

Link copied successfully