दोलखामा मनाइयो स्वस्थानी समापनको ‘सहस्रधारा’ जात्रा

माघ ३०, २०८१

केदार शिवाकोटी

'Sahasradhara' Jatra with a healthy ending was celebrated in Dolakha

काठमाडौँ — दोलखा बजारमा स्वस्थानी व्रतकथाको अन्तिम दिन मल्लकालीन माधवनारायण ‘सहस्रधारा’ जलयात्रा जात्रा धुमधामका साथ मनाइएको छ । ध्वजापता, मूर्ति र कलशसहित टोल परिक्रमा गरेर मनाइने जात्रा स्वस्थानी ब्रतकथा समापनका दिन मनाइने चलन छ ।

स्वास्थानी बाचन गर्ने र व्रत बस्नेहरुका लागि यो जात्रामा कन्य केटाले बोकेका कलशमा जल चढाएर दर्शन गरी एक महिने स्वस्थानी व्रत कथाको सामापन गरिने प्रचलन छ । धार्मिक मान्यताअनुसार सत्यदेवीको देब्रे घुँडा पतन भएको दोलखाको देवीकोट अर्थात् त्रिपुरासुन्दरी र वारणसीबाट बाजा र भजनकीर्तन साथ कन्यकेटाले जल बोकेपछि जात्रा सुरु हुने चलन रहेको स्थानीय बिराज श्रेष्ठले बताए । ‘हरेक वर्ष स्वस्थानी साङगेका दिन यो जात्रा निकाल्ने प्रचलन छ,’ उनले भने, ‘दिनभरि टोल डवलीमा जल चढाउन जम्मा भएका ब्रतालु पानी चढाउने र भजनकीर्तन गरिने छ ।’

जात्रा सुरु भएपछि दोलखाका टोल डवलीमा स्वस्थानीको बाचन गर्ने र व्रत लिनेहरु घर घरबाट चोखो पानी लिएर चढाउन जम्मा हुने गर्छन् । मूर्ति बोक्ने नारायणहरु र सहस्र जल बोक्नेलाई दोलखा बजारको विभिन्न टोल र डबलीमा मनोकांक्षा पूरा हुने विस्वासमा दर्शन गर्ने घरघरबाट ल्याएको चोखो जल चढाउने परम्परा छ ।

वाराणसीमावाट सुरु भएको जात्रामा ढोलक, सहनाइलगायत बजाउने समूह हुन्छन् भने भजनकीर्तन गर्ने दुई समूह अघि पछि हुन्छन् । स्वस्थानीको व्रत बसेका पुरुष र महिलाले जात्राका दिन कन्य केटाले बोकेका कलशमा जल चढार ब्रत तोड्ने परम्परा रहेको छ ।

केदार

Link copied successfully