नाबालिकालाई बलात्कार गर्ने युवकलाई जन्मकैद

माघ १, २०८१

प्रताप विष्ट

Life imprisonment for a young man who raped a minor

हेटौंडा — छोरी नाता पर्ने बालिकालाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले एक युवकलाई जन्मकैद गर्ने फैसला सुनाएको छ । अदालतले युवकलाई सात लाख रुपैयाँ जरिवाना र ५ लाख रुपैयाँ पीडितलाई क्षतिपूर्ति दिनुपर्ने आदेश गरेको छ  । 

जिल्ला न्यायाधीश अवनी मैनाली भट्टराईको सोमबार बसेको इजलाशले मकवानपुरको बकैया गाउँपालिका-५ का २८ वर्षीय युवकले १० वर्षीया छोरीलाई पटक/पटक बलात्कार गरेको ठहर गर्दै उक्त फैसला गरेको हो । छोरीलाई विगत दुई वर्षदेखि बाबुले बलात्कार गर्दै आएको फैसलामा उल्लेख गरिएको छ । 

छोरीलाई बलात्कार गरेको देखेपछि आमाले २०८० कात्तिक १ गते बाबुको विरुद्धमा जिल्ला प्रहरी कार्यालय हेटौंडामा उजुरी दिएकी थिइन् । उनकै उजुरीको आधारमा प्रहरीले युवकलाई पक्राउ गरी हाडानाता जबर्जस्ती करणीमा अदालतमा मुद्दा दर्ता गर्दै जन्मकैदको माग दाबी गरेको थियो  । अदालतद्वारा जन्मकैद तोकिएका युवक क्षेत्रीय कारागार भीमफेदीमा थुनामा छन् । फौजदारी ऐनअन्तर्गत जन्मकैद भनिएको २५ वर्ष कैद बस्नु पर्ने व्यवस्था  गरिएको छ ।  

प्रताप

Link copied successfully