मकवानपुर उद्योग वाणिज्य संघको अध्यक्षमा रानाभाट 

पुस २८, २०८१

प्रताप विष्ट

Ranabhat as President of Makwanpur Chamber of Commerce and Industry

हेटौंडा — मकवानपुर उद्योग वाणिज्य संघको अध्यक्ष पदमा प्रमोदसिंह रानाभाट विजयी भएका छन् । १०१४ मत पाएर उनी विजयी भएका हुन । उनका प्रतिद्वन्द्वी अनिल अग्रवालले ७६५ मत प्राप्त गरेका थिए । रानाभाट यसअघि संघको उपाध्यक्ष थिए ।

आइतबार बिहान घोषणा गरेको परिणामअनुसार महासचिव प्रतिमा श्रेष्ठ,उपाध्यक्षहरुमा राजु अधिकारी,उज्ज्वल चौलागाईं, दीपक उप्रेती र काव्यमणि अधिकारी विजयी भएका छन् । कोषाध्यक्षमा तेजराज अधिकारी,सहकोषाध्यक्षमा निलम वैद्य र सचिवमा कुलप्रसाद चौलागाई र अर्का सचिवमा  राजाराम कार्की र नेत्रप्रसाद खतिवडाले बराबर मत ल्याएका छन् । 

१६ जना कार्यसमितिको सदस्यमा निर्वाचित भएका छन् । तीनवर्षे कार्यकाल रहेको संघमा पदाधिकारीसहित २८ जनाको कार्यसमिति रहने छ ।  २ हजार ४६ जना मतदाता रहेकामा १ हजार ८ सय १६ जनाले मतदान गरेका थिए ।  संघको ५८औं साधारण बुधबारदेखि हेटौंडामा सुरु भएको थियो । मतदान कार्य शनिबार भएको थियो । 

प्रताप विष्ट

Link copied successfully