मकवानपुर सवारी दुर्घटना : मृतकको संख्या २ पुग्यो

पुस २७, २०८१

सुवास विडारी

Makwanpur road accident: death toll reaches 2

मकवानपुर — पश्चिमी मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित डिपार्टमा भएको सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या दुई पुगेको छ भने १२ जना घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शनिबार दिउँसो मनहरी–६ स्थित पूर्व-पश्चिम राजमार्गमा चितवनतर्फ आउँदै गरेको प्रदेश १–०२६ च ५२५० नम्बरको स्कर्पियो र हेटौंडातर्फ आउँदै गरेको बा.१६ च ८३२४ नम्बरको कार एकआपसमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा कार चालक हेटौंडा–४ स्कुलरोडका ६० वर्षीय सुरेन्द्रलाल श्रेष्ठ र जिल्ला चितवन राप्ति नगरपालिका–२, गड्यौलीका ५० वर्षीय सुनिता श्रेष्ठको ज्यान गएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जनाएका छन् । उनीहरुको उपचारको क्रममा चितवनमा ज्यान गएको जनाइएको हो । दुर्घटनामा घाइते भएका १२ जनाको चितवनमै उपचार भइरहेको छ ।

सुवास विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।

Link copied successfully