चखेल-मातातीर्थ सडक १५ दिन बन्द हुने 

पुस २०, २०८१

प्रताप विष्ट

Chakhel-Matatirth road will be closed for 15 days

हेटौँडा — मकवानपुर र काठमाडौं जोड्ने चखेल–मातातीर्थ सडक स्तरोन्नतिका लागि आगामी सोमबारदेखि १५ दिन बन्द हुने भएको छ ।

मकवानपुरको महालक्ष्मी खोला–मातातीर्थ सडक अन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका -५ स्थित महालक्ष्मी खोला नजिकै भीर कटानका लागि उक्त सडक बन्द गरिने भएको हो ।

बागमती प्रदेश सरकारको पूर्वाधार विकास कार्यालय मकवानपुरबाट मकवानपुरतर्फको सडक खण्डमा स्तरोन्नतिका क्रममा सडक बन्द गर्न लागिएको इन्द्रसरोवर गाउँपालिका- ५ का वडाध्यक्ष दुतराज तितुङले बताए ।

उनका अनुसार महालक्ष्मी खोलादेखि चखेल देउराली हुँदै जाने सडक पुस २२ गते अर्थात् सोमबारदेखि आगामी माग ७ गतेसम्म बन्द हुनेछ । उक्त सडक खण्डमा हाल स्तरोन्नतिको काम भइरहेको छ ।

प्रताप

Link copied successfully