टिपरबाट खसेर एक युवकको मृत्यु

पुस १४, २०८१

केदार शिवाकोटी

A young man died after falling from a tipper

काठमाडौँ — रामेछापमा टिपरबाट खसेर एक युवकको मृत्यु भएको छ । आइतबार दिउँसो मन्थली नगरपालिका–१ भैसेश्वरस्थित सुकाजोर खोलाबाट बालुवा लिएर मन्थली–४ सालुतर्फ जाँदै गरेको प्रदेश नं.३०१००३ क ५७६४ नम्बरको टिपरबाट खसेर मन्थली–४ सालु अर्चलेका ३२ वर्षका नारायण बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । 

गुडिरहेको टिपरको ढालाबाट खसेर घाइते भएका बस्नेतको सदरमुकाम मन्थलीस्थित तामाकोशी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता प्रहरी निरीक्षक कौशल न्यौपानेले बताए । उनका अनुसार टिपर र चालक मन्थली–५ सुनारपानीका वर्ष ३४ का कुमार कार्कीलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।

केदार

Link copied successfully