वाग्मती प्रदेश सीटीईभीटी प्रमुख कार्यकारी निर्देशकमा लामा नियुक्त

पुस ११, २०८१

सुवास विडारी

Lama appointed as Chief Executive Officer of Vagmati Pradesh CTEVT

मकवानपुर — वाग्मती प्रदेश सरकारले प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिम परिषद् (सीटीईभीटी) को प्रमुख कार्यकारी निर्देशकमा नुवाकोट जिल्लाकी शान्ति लामा नियुक्त भएकी छन् । बिहीबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले लामालाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।

सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेका अनुसार सामाजिक विकास मन्त्रालयले खुल्ला प्रतिस्पर्धामार्फत् प्रमुख कार्यकारी निर्देशकका छनौट गरेको हो ।

मन्त्रालयका सचिव बद्रिनाथ गैरेको संयोजकत्वमा रहेको प्रमुख कार्यकारी निर्देशक छनोट तथा सिफारिस समितिले तीनजना उम्मेदवार छनौट गरी नियुक्तका लागि मन्त्रिपरिषद्को बैठकमा सिफारिस गरेको थियो । मन्त्रालयले दरखास्त आह्वान गरी परीक्षा तथा अन्तर्वार्तासमेत सम्पन्न गरेको थियो ।

सिफारिस समितिले मध्यपुर ठिमी नगरपालिका–९ का बद्रीप्रसाद दाहालको एक नम्बरमा, म्यागङ–४ नुवाकोटकी शान्ति लामा दोस्रो र भरतपुर–१० चितवनका ईश्वरचन्द्र पौड्यालको नाम तेस्रो स्थानमा राखेको थियो । दाहाल र लामा नेपाली कांग्रेसनिकट र पौड्याल माओवादी केन्द्रनिकटका हुन्  ।

सुवास विडारी विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।

Link copied successfully