जबर्जस्ती करणी अभियोगमा युवक पक्राउ

पुस १०, २०८१

ज्योती श्रेष्ठ

Young man arrested on charges of extortion

काभ्रे — जबर्जस्ती करणी अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बनेपा नगरपालिकाका २२ वर्षीय युवक रहेको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।

 पीडित परिवारले युवकविरुद्ध पुस ८ मा इलाका प्रहरी कार्यालय बनेपामा जाहेरी दिएका थिए । जाहेरीलगत्तै सोमबार नै युवक पक्राउ परेका हुन् । 

पक्राउ परेका उनलाई पाँच दिनको म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय बनेपाले जानकारी दिएको छ ।

ज्योती श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully