गोजीबाट योजना छनोट गर्ने परिपाटीको अन्त्य गर्नुपर्छ : मन्त्री दाहाल

पुस ६, २०८१

कान्तिपुर संवाददाता

The practice of selecting schemes from Goji should be ended: Minister Dahal

काठमाडौँ — भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले पहुँचका आधारमा योजना छनोट गर्ने चलनको अन्त्य गर्नुपर्ने बताएका छन् । कुनै पहुँचवाला वा शक्तिमा रहेको व्यक्तिको प्रभावका भरमा योजना तर्जुमा गर्न नहुने उनको भनाइ छ ।

काठमाडौंको कुलेश्वरस्थित जनमैत्री बहुमुखी क्याम्पसको ३४औ वार्षिक उत्सव कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै आवश्यकता र प्राथमिकतामा आधारमा छनोट भएका योजना मात्र प्रभावकारी र उपयोगी हुने बताए ।

‘कुन योजना वा पूर्वाधारले कति नागरिकलाई सुविधा दिन्छ, यो कति आवश्यक छ, यसले आर्थिक विकास र उपार्जनमा कति सहयोग पुर्‍याउँछ भन्ने कुरालाई ध्यान दिन जरुरी छ,’ मन्त्री दाहालले भने, ‘कसैका गोजीबाट योजना छनोट हुने र राज्यको स्रोत खर्च गर्ने परिपाटी अन्त्य गर्नु पर्छ ।’

प्राविधिक तथा जीवन उपयोगी शिक्षामा जोड दिन सके स्वदेशमा नै युवाहरू टिक्न सक्ने वातावरण बन्ने भन्दै उनले आफ्नै देशमा गरिखान सक्ने सीप र शिक्षा अहिलेको आवश्यकता रहेको बताए । 

कान्तिपुर

Link copied successfully