बसको ठक्करबाट पैदलयात्रुको मृत्यु

मंसिर २६, २०८१

प्रताप विष्ट

Pedestrian dies after being hit by a bus

हेटौंडा — महेन्द्र राजमार्ग अन्तर्गत पर्ने मनहरी गाउँपालिका-६ चौकीटोलमा अन्दाजी ३५/४० वर्षका पैदलयात्रीको बसको ठक्करबाट मृत्यु भएको छ । पैदलयात्रीको पहिचान खुलेको छैन । 

वीरगन्जबाट काठमाडौंतर्फ जाँदै गरेको बाप्र०१–००६ ख ५५२४ नम्बरको यात्रुवाहक बसको ठक्करबाट पैदलयात्री घाइते भएका थिए । तत्कालै प्रहरी घटनास्थलमा पुगेर घाइतेलाई उपचारको निम्ति हेटौंडा अस्पताल ल्याएको थियो ।

उपचारको क्रम घाइतेको बुधबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । ठक्कर दिने बस र बस चालक  जितपुर सिमराका  ५८ वर्षीय उद्धव गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

यस्तै हेटौंडा उपमहानगरपालिका-१९ बस्तीपुरमा अटोको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । बस्तीपुरबाट मनहरीतर्फ जाँदै गरेको बाप्र०३–००१ ह ०२५१ नम्बरको अटोको ठक्करबाट  मनहरी गाउँपालिका-३ सुकौराका ४२ वर्षीय मनोज लामाको मृत्यु भएको हो ।

अटोको ठक्करबाट घाइते भएका लामालाई अटोचालक प्रेमबहादुर सिन्तानले उपचारका लागि हेटौंडा अस्पताल ल्याएका थिए । उपचारकै क्रममा उनको मृत्यु भएको थियो । प्रहरीले ठक्कर दिने अटो र चालक सिन्तानलाई नियन्त्रणमा लिएको छ ।

प्रताप

Link copied successfully