गौरीशंकरमा अगाडि लाग्यो एमाले

मंसिर १७, २०८१

केदार शिवाकोटी

UML took the lead in Gauri Shankar

दोलखा — गौरीशंकर गाउँपालिकाका ९ वडामध्ये ६ वटा वडाको मतगणना सकिंदा एमालेले अग्रता लिएको छ ।

गौरीशंकर गाउँपालिका १, २, ३, ४, ५ र ६ नम्बर वडाको मतगणना सकिँदा एमालेले ६६ मतको अग्रता लिएको हो । एमालेकी उम्मेदवार उमा लुंगेली मगर शेर्पाले १ हजार ९ सय ७२ मत पाउँदा उनकी निकटतम् प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रकी निमलेकी शेर्पाले १ हजार ९ सय ६ मत पाएर उनलाई पछ्याइरहेकी छिन् । 

नेपाली कांग्रेसकी पासदिकी शेर्पा १ हजार २ सय ८१ मतसहित तेस्रो स्थानमा छिन् । रास्वपाकी गोमा श्रेष्ठले ७७, राष्ट्रिय प्रजातन्त्र पार्टीकी मानकुमारी श्रेष्ठले ७६ र एकीकृत समाजवादीकी रविना खड्काले ७१ मत पाएकी छिन् ।

आइतबार सम्पन्न उपाध्यक्ष पदको उपनिर्वाचनमा ७ हजार ५ सय ९० मत खसेकामा हालसम्म ५ हजार ४ सय ९४ मतको गणना भइसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । अब ३ वटा वडाको मतगणना हुन बाँकी छ ।

गौरीशंकरमा आइतबार भएको उपनिर्वाचनमा ४८ दशमलव २८ प्रतिशत मत खसेको थियो ।

केदार शिवाकोटी

Link copied successfully