दाेलखा — गाैरीशंकर गाउँपालिका-९ मा राेल्वालिङ खाेलामा आएकाे बाढीले ८ घर बगाएकाे छ । बाढीले डाेगाङमा हाेटल व्यवसाय संचालन गर्दै आएकी ६५ वर्षाया जाङमु शेर्पा बेपत्ता भएकी छन् ।
शुक्रबार राति आएको बाढीले डाेगाङमा भएकाे सबै घर बगाएकाे गाैरीशंकर गाउँपालिकाका अध्यक्ष विस्वास कार्कीले बताए ।
राेल्वालिङ पदमार्गमा पर्ने डाेवाङका ३ ठुला र ५ साना हाेटल संचालन भएका घर बगाएकाे उनले जानकारी दिए । बाढीमा परेकाकाे उद्वार बेपत्ताकाे नेपाली सेना, सशस्त्र, जनपथ र पालिकाकाे विपद् व्यवस्थापन टिमले खाेजी गरिरहेकाे कार्कीले बताए ।
