वाग्मती प्रदेशसभा बैठक ६ बजेसम्मका लागि स्थगित

असार १, २०८१

कान्तिपुर संवाददाता

Wagmati State Assembly meeting adjourned till 6 o'clock

काठमाडौँ — वाग्मती प्रदेशसभा बैठक ६ बजेसम्मका लागि स्थगित भएको छ । 

प्रदेश सरकारको आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्न शनिबार अपराह्न ४ बजेका लागि बोलाइएको बैठक विशेष कारण देखाउँदै ६ बजेसम्मका लागि स्थगित गरिएको हो ।   

वाग्मती प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले सूचना जारी गर्दै विशेष कारणवश बैठक स्थगित भएको जानकारी गराएका छन् । 

Wagmati State Assembly meeting adjourned till 6 o'clock

कान्तिपुर

Link copied successfully