काठमाडौँ — नेपाल आयल निगमको ५५ औं वार्षिकोत्सवको अवसरमा निगमका नायब कार्यकारी निर्देशक वीरेन्द्र गोइत सुवर्ण सर्वोत्कृष्ट कर्मचारी सम्मानबाट पुरस्कृत भएका छन् ।
शुक्रबार वार्षिकोत्सवको अवसरमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ५० हजार नगदसहित प्रमाण पत्रले पुरस्कृत गरे । जीवनको ऊर्जाशील समय निगममा व्यतीत गरी पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै निगमले पुरस्कृत गरेको हो ।
गोइतले इन्धन आपूर्तिमा प्रभावकारी भूमिका निर्वाह गरेको, इन्धन भण्डारण योजना, पाइप लाइन परियोजना र भारतको सहयोगमा अनुदानमा निर्माण हुन लागेका भण्डारण गृहको सम्झौता गर्न महत्वपूर्ण भूमिका खेलेका थिए । सोही कारण गोइतलाई निगमका संस्थापक महाप्रबन्धक स्व. सुवर्ण विक्रम थापाको नामबाट स्थापित निगमको सर्वोत्कृष्ट पुरस्कारबाट पुरस्कृत गरिएको हो ।
